Deshko News
११ आश्विन २०८०, बिहिबार

भारतले आजदेखि विमानबाहक युद्धपोत सञ्चालनमा ल्याउँदै



काठमाडौं, भाद्र १७
भारतले आजदेखि आफैंले निर्माण गरेको विमानबाहक युद्धपोत सञ्चालनमा ल्याउँने भएको छ ।

आइएनएस बिक्रान्त नाम दिइएको विमानवाहकको प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार कोचीमा शुभारम्भ गर्न लागेका हुन् । प्रधानमन्त्री मोदीले भारतीय नौसेनालाई विमानबाहक हस्तान्तरण गर्ने कार्यक्रम समेत रहेको छ ।

२० हजार करोड भारु खर्च गरेर बनाइएको सोही विमानबाहक युद्धपोत भारतीय नौसेनाको इतिहासको सबै भन्दा ठूलो र शक्तिशाली भएको बताइएको छ । विश्वका शक्तिशाली विमानबाहकको टप टेन सूचीभित्र पर्ने छ ।

यो विमानबाहकबाट फाइटर जेट, मिसाइल र ड्रोनहरुले उडान भर्न सक्ने छन् ।

प्रकाशित मिति: १७ भाद्र २०७९, शुक्रबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News