पल शाह प्रकरण : नवलपुरमा मुद्दाको पेसी आज


 


काठमाडौं, भाद्र २१
नाबालिक बलात्कारको अभियोगमा थुनामा रहेका अभिनेता पल शाहविरुद्धको मुद्दामाथि आज सुनुवाइ हुँदैछ । उनीविरुद्ध दर्ता भएको मुद्दाको नवलपुर जिल्ला अदालतले मंगलबारका लागि पेसी तोकेको हो ।

उनीविरुद्ध सोही मुद्दा तनहुँ जिल्ला अदालतमा पनि परेको छ। यसअघि दुवै अदालतले पेसी तोकेर पनि मुद्दाको सुनुवाइ गरेनन्। यस क्रममा नवलपुर जिल्ला अदालतले आजका लागि पुनः पेसी तोकेको हो ।

नाबालिग गायिकालाई बलात्कार गरेको अभियोगमा नायक शाहविरुद्ध गत फागुन २१ गते पीडितका बाबुले तनहुँ प्रहरीमा किटानी जाहेरी दिएका थिए । सोहीअनुसार गत ३० चैतदेखि उनी तनहुँ कारागारमा छन् ।

प्रकाशित मिति: २१ भाद्र २०७९, मंगलबार

प्रतिक्रिया दिनुहोस्