भारतमा प्रचलनमा आउने २ हजारका नोटका सम्बन्धमा अभिनेता अमितावको यस्तो छ प्रतिक्रिया


 


amitab-bachhan

एजेन्सी ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ५ सय र १ हजार रुपैयाँका नोटहरुमा प्रतिबन्धको घोषणा गरेपछि पुरै भारतमा खैलबैला माच्चिएको छ ।

यसैबीचमा बलिउडका स्टार मानिने अमिताभ बच्चनले एउटा रमाईलो ट्वीट गरेका छन् ।

उनले ट्वीटमा लेखेका छन्, ‘२ हजारका नयाँ नोट पिंक रंगका…..पिंक फिल्मका प्रभाव ।’

यद्यपि अब २ हजार रुपैयाँका नयाँ नोटहरु प्रचलनमा आउने छन् । ती नोटहरु पिंक रंगका रहनेछन् ।

अमिताभ बच्चनले बजारमा आउन लागेका नयाँ नोटहरुलाई आफ्नो हालै रिलिज फिल्म ‘पिंक’को प्रभाव बताएका छन् । उनको यो फिल्म महिलामा आधारित छ र जसलाई धेरै मानिसहरुले मन पराएका छन् ।

मंगलबार घोषणा गरेका यी प्रतिबन्धित नोटहरु नोभेम्बर १० देखि डिसिम्बर ३० सम्म बैंकहरु तथा हुलाकहरुमा जमा गर्न सकिने छन् ।

यदि डिसिम्बर ३० सम्म जमा गर्न सकिएन भने परिचयपत्र देखाएर २०१७ मार्च ३१ सम्ममा नोट साट्न सक्ने व्यवस्था गरिएको छ ।

प्रकाशित मिति: २४ कार्तिक २०७३, बुधबार

प्रतिक्रिया दिनुहोस्