अमेरिकी चुनावकाे प्रभाव : सुनकाे भाउ बढ्याे


 


काठमाडाैं, कार्तिक २४

अमेरिकी राष्ट्रपतिको चुनावपछि सुन ह्वात्तै महँगिएको छ । नेपालमा एकै दिन सुनको मूल्य प्रतितोला १३ सय रुपैयाँले महँगिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन ५६ हजार ९ सय रुपैयाँमा सुनको कारोबार भएकोमा बुधबार ५८ हजार २ सय रुपैयाँ कायम भएको छ ।

अमेरिकी राष्ट्रपतिको चुनावपछि रिपब्लिकन उमेद्वार डोनाल्ड ट्रम्पको जित सुनिश्चित भएसँगै सुनमा लगानीकर्ता तानिएका हुन्। अर्थतन्त्र अन्यौलतामा देखिएकाले ठूला लगानीकर्ता सुनमा तानिएको एजेन्सीहरुले जनाएका छन्।

सुनका अलवा चाँदीको भाउ पनि ह्वात्तै बढेको छ। अघिल्लो दिन प्रतितोला ८ सय २५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार ८ सय ४५ रुपैयाँ पुगेको छ।

त्यसबाहेक भारतीय ५ सय र १ हजारका नोट भारत र नेपाल दुवै देशमा प्रतिबन्ध हुनुले पनि सुनको मूल्यलाई प्रभाव पारेको महासंघका अध्यक्ष मणिरत्न शाक्यले । ‘भारतीय व्यवसायीहरुले आफूसँग भएको ठूलो भारुलाई सुनमा कन्भर्ट गर्नेतिर लागेकाले मूल्यमा असर परेको हो’ शाक्यले भने।

प्रकाशित मिति: २४ कार्तिक २०७३, बुधबार

प्रतिक्रिया दिनुहोस्