विनायोको भोजपुरमा च्यारीटी सो


 


भोजपुर, कार्तिक २४
पुर्वेली लोगगितका सर्जक तथा किरात संस्कृतिमा लामो समयदेखि काम गर्दै आईरहनुभएका जीतेन राईद्धारा निर्मित चलचित्र विनायोको भोजपुरमा च्यारेटी शो सम्पन्न भएको छ ।  किराती मिथकमा आधारित चलचित्र भोजपुुर सदरमुकामको सामुदायिक भवनमा मंगलवार राती अबेर सम्पन्न भएको व्यवस्थापक साहित्य कला प्रतिष्ठान भोजपुरले जनाएको छ ।

binayoकिरात संस्कृति तथा मिथकलाई आधार वनाएर निर्माण गरिएको चलचित्र विनायोको निर्देशन रोशन राईले गर्नुभएको हो । किरात समुदायको ऐतिहासिक भुमि खोटाङ, उदयपुर सोलुखुम्बु साथै भारतको सिक्किम दार्जिलिङ लगाएतका स्थानहरुमा चलचित्रको छायांकन गरिएको छ ।

च्यारेटी शो सँगै पुर्वेली लोकगितका सर्जक जितेन राईद्धारा संकलित चर्चित गितहरु समेत प्रस्तुत गरिएको थियो । कार्यक्रममा जिल्लास्थित प्रमुख जिल्ला अधिकारी, रणबम गणका प्रमुख, सुरक्षा प्रमुखहरु, पुर्व तथा वर्तमान क्याम्पस प्रमुख, राजनितक दलका प्रमुख लगायतको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति: २४ कार्तिक २०७३, बुधबार

प्रतिक्रिया दिनुहोस्