ब्रेकअपले चम्कियो दिशाको भाग्य



मुम्बई, कार्तिक १
अभिनेता टाइगर श्राफसँग अभिनेत्री दिशा पटानीले अभिनय गरेको फिल्म न चल्यो, न त उनीहरुको प्रेम सम्बन्ध नै । तर सुखद कुरा के हो भने टाइगरसँगको ब्रेकअपपछि उनको करियर चाहिँ चम्कियो । फिल्ममा लामो संघर्ष गरिरहँदा सफलता हात पार्न नसकेकी दिशाको हातमा अहिले सय करोडमा बनिरहेको पेन–इण्डिया फिल्म छ ।

यो फिल्ममा टाइगरभन्दा ठूला स्टारसँग उनले काम गर्ने मौका पाएकी छन् । निर्देशक नाग अश्विनको महत्वाकांक्षी प्रोजेक्टमा उनले अमिताभ बच्चन र प्रभास जस्ता स्टारसँग काम गर्ने अवसर पाएकी छन् । फिल्ममा दीपिका पादुकोणको पनि अभिनय रहनेछ । फिल्मका लागि प्रभाषको केही दृश्य सुट गरिसकिएको छ ।

त्यस्तै अर्को साइन्स थ्रिलर फिल्ममा पनि दिशा देखिँदैछिन् । नाग अश्विनको यो दुई भाषा हिन्दी र तेलुगुमा बन्ने फिल्ममा दुलकीर सलमान र महेश बाबुको अभिनय रहनेछ । साउथको ठूलो प्रोडक्सन हाउस वैजयन्ती मुभिजले निर्माण गर्ने यो फिल्म अन्य क्षेत्रीय भाषामा पनि डब हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News