‘अवतार २’ को ट्रेलर सार्वजनिक


 


एजेन्सी, कार्तिक १७
विश्व प्रतिक्षित फिल्म ‘अवतार २’ को ट्रेलर सार्वजनिक भएको छ ।

वितरण कम्पनी ट्वेन्टिथ सेन्चुरी फक्सले ‘अवतार द वे अफ वाटर’ को ट्रेलर बुधबार सार्वजनिक गरेको हो । १३ वर्षपछि विश्वव्यापी प्रदर्शन हुन लागेको यो एक साइन्स फिक्सन फिल्म हो ।

‘अवतार’को पहिलो श्रृंखलाले विश्वव्यापी सर्वाधिक कमाउने फिल्मको रुपमा रेकर्ड समेत बनाएको छ ।

साम वर्थिङ्टन, जोय साल्दाना प्रमुख भूमिकामा रहेको ‘अवतार २’ फिल्मको ट्रेलरले उनीहरुको बालबच्चालाई समेत चित्रण गरेको छ । फिल्मको लम्बाइ ३ घण्टा १० मिनेट रहेको हलिउड रिपोर्टर म्यागजिनले उल्लेख गरेको छ ।

२ मिनेट 40 सेकेण्डको ट्रेलर मा फिल्मको कथावस्तुमा महत्वपूर्ण खुलासा समेत गरेको छ । यसपटक पाण्डोराको समुद्रमा भएको लडाइँलाई निर्देशक जेम्स क्यामरुनले प्रस्तुत गरेका छन् ।

प्रकाशित मिति: १७ कार्तिक २०७९, बिहिबार

प्रतिक्रिया दिनुहोस्