शाहरुखको ‘जवान’लाई चोरीको आरोप



मुम्बई । शाहरुख खान पहिलो पल्ट दक्षिण भारतीय फिल्ममा काम गरिरहेका छन् । तमिल निर्देशक एटलीको निर्देशन रहेको ‘जवान’मा शाहरुख दक्षिण भारतीय अभिनेत्री नयनतारासँग काम गरिरहेका छन् । यो फिल्मको सुटिङ अझै सकिएको छैन तर रिलिज अगावै यो फिल्म विवादमा फसेको छ ।

तमिलकै निर्माता मनिकम नारायणनले ‘जवान’को कथा चोरी भएको आरोप लगाएका हुन् । उनले तमिल फिल्म निर्माता संघमा आफ्नो कथा चोरी गरेर एटलीले फिल्म बनाएको आरोप लगाएका हुन् । उनले आफूले निर्माण गरेको फिल्म ‘पेरारासु’बाट यो फिल्मको कथा चोरिएको आरोप लगाएका हुन् ।

सन् २००६ मा रिलिज भएको फिल्ममा विजयकान्तको दोहोरो भूमिका छ । ‘जवान’मा पनि शाहरुख खान दोहोरो भूमिका देखिने चर्चा छ । फिल्ममा विजय सेतुपती र प्रियामणीको पनि अभिनय रहेको छ । यो फिल्म आउँदो सालको जुन २ मा रिलिज हुँदैछ ।

निर्माताको दाबीलाई लिएर सोमबार तमिल निर्माता संघले सोधपुछ सुरु गर्ने भएको छ । पहिलो त फिल्मको अधिकार निर्मातासँग छ कि छैन भनेर यकिन गर्ने निर्माता संघले जनाएको छ । शाहरुख यतिबेला ‘पठान’ र ‘डंकी’ पनि काम गरिरहेका छन् । यी दुवै फिल्म पनि आउँदो वर्ष रिलिज हुने सेड्युलमा छन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News