डिभोर्सको एक वर्षपछि रोमान्स गर्दै सामन्था र नागा


 


एजेन्सी, कार्तिक २७
साउथ इन्डियन स्टार सामन्था रुथ प्रभुको फिल्म ‘यशोदा’ यतिबेला हलमा प्रदर्शन भइरहेको छ । फिल्मले बक्स अफिसमा राम्रो व्यापार पनि गरिरहेको छ । यसैबीच, सामन्था अटो इम्यून रोगबाट पीडित भइरहेको चर्चा पनि छ ।

सामन्थाका पूर्वपति अभिनेता नागा चैतन्य उनको स्वास्थ्य अवस्था बुझ्न भेट्न जान लागेको चर्चा चले पनि सञ्चार माध्यममा स्थान पाइरहेका छन् । यद्यपि, उनले भेटे वा भेटेनन् खुलेको छैन ।

सामन्था र नागाले साउथमा कैयौं हिट फिल्म दिएका छन् । दुवैलाई दर्शकले उत्तिकै मन पराउँछन् । तर, वर्षदिन अघि यो जोडीले डिभोर्स गरेपछि उनीहरूका फ्यान निराश भएका थिए ।

यो जोडी डिभोर्सको एक वर्षपछि पुनः जोडिने भएका छन् । उनीहरूले पुनः विवाह गर्ने नभई व्यवसायिक सहकार्य गर्न लागेका हुन् । एक व्यावसायिक विज्ञापनका लाग उनीहरू रोमान्स गर्न लागेका हुन् ।

नागा र सामन्थाले ‘ओह बेबी’, ‘मजिली’ र ‘ये माया चेसाबे’ जस्ता हिट फिल्ममा सहकार्य गरिसकेका छन् । कफी विथ करणमा केही महिनाअघि सामन्थाले नागाका बारेमा आफ्नो कुनै भावना नआए पनि भविष्यमा सहकार्य गर्नु परे आफू तयार रहेको बताएकी थिइन् ।

प्रकाशित मिति: २७ कार्तिक २०७९, आइतबार

प्रतिक्रिया दिनुहोस्