यी हुन् बेलायती राजकुमार ह्यारीकी प्रेमीका,किन गरे प्रेमीकाको सन्दर्भमा ह्यारीले मिडियाको आलोचना


 


hyari-nad-his-lover

एजेन्सी ।

बेलायतका राजकुमार ह्यारीले अमेरिकी अभिनेत्री मेगन मार्कल आफ्नो प्रेमीका भएकी पुष्टि गरेका छन् ।

साथै उनले सञ्चारमाध्यमहरुको कडा आलोचना गर्दै मेगनलाई सञ्चारमाध्यमहरुले लागातार सास्ती दिएको बताएका छन् ।

महारानी एलिजाबेथका कान्छा नाती ह्यारीले एक कडा बयान जारी गर्दै टीभी अभिनेत्री मेगनको सुरक्षालाई लिएर चिन्ता जनाएका छन् ।

उनले निराश भएर आफुले मेगनलाई यस किसिमको सास्तीबाट बचाउन नसक्ने भनेका छन् ।

ह्यारी र मेगनको सम्बन्धलाई लिएर पछिल्ला केही हप्तामा समाजिक सञ्जाल तथा सञ्चारमाध्यममा फैलिएको अफवाहले बजार तातेका छन् ।

यस विषयमा ह्यारीले सञ्चारमाध्यमले आफ्नो सीमा नाघेको बताएका छन् ।

राजकुमार ह्यारीले अनलाइन सञ्चारमाध्यममा लागातार नराम्रो टिप्पणी गर्नेहरुको कडा आलोचना गरेका छन् ।

प्रकाशित मिति: २५ कार्तिक २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्