कविता – आमा


 


मलाई सम्झी सम्झी आमा,
आँखाको मोती न झार्नु है !
परदेशी भयो छोरा भनि आमा,
आफ्नो मन कहिल्यै नमार्नु है !

जहाँ जान्छु जे गर्छु आमा,
आशिर्वाद मलाई दिदै गर्नु !
दुधको भारा न तिरी आमा,
खै म पनी कसरी सक्छु मर्न !

न खाई न खाई ल्याइदिएको
पटुकी को त्यो मकै र भटमास !
न मिठो मानी फ्याक्दिएको,
म पनी थिए कती बदमास !

आफै खान बनाउन पर्दा आमा,
हजुरलाई नै सधैं सम्झने गर्छु !
आँगन भन्दा टाढा हुदा आमा,
म हजुर कै यादमा मुर्छा पर्छु !!

 

प्रकाशित मिति: २६ जेष्ठ २०७२, मंगलबार

प्रतिक्रिया दिनुहोस्