माछापुच्छे बैंकको अध्यक्षमा उपेन्द्र महतो नियुक्त


 


काठमाडौं, मंसिर १३
माछापुच्छे बैंकको मंसिर १२ गते सोमबार बसेको ४७२ औ संचालक समितिको बैंठकले डा. उपेन्द्र महतोलाई संचालक समितिको अध्यक्षमा नियुक्त गरेको छ ।

बैंकका निर्वतमान अध्यक्ष डा. विरेन्द्र महतोले दिनुभएको राजीनामा स्वीकृत गर्दै डा. उपेन्द्र महतोलाई नयाँ अध्यक्षमा चयन गरेको हो ।

गैर आवासिय संघका संस्थापक अध्यक्ष समेत रहनुभएका डा. उपेन्द्र महतो नेपालका एक सफल उद्यमी हुनुहुन्छ ।

प्रकाशित मिति: १३ मंसिर २०७९, मंगलबार

प्रतिक्रिया दिनुहोस्