एक्सन फिल्म चाहन्छन् बलिउड अभिनेता शाहरुख



मुम्बई, मंसि १८
बलिउड अभिनेता शाहरुख खान रोमान्स किङको नामले चिनिन्छन् । उनले अभिनय गरेका प्रेमकथाका धेरै फिल्मले बक्सअफिसमा सफलता पाएका उदाहरण प्रशस्त छन् । अब भने यी अभिनेताले एक्सन फिल्ममा काम गर्ने इच्छा व्यक्त गरेका छन् ।

‘मैले अहिलेसम्म एक्सन फिल्म गरेको छैन । मैले धेरै प्रेमकथाका फिल्ममा काम गरें । सामाजिक कथामा पनि काम गरें । धेरै फिल्ममा खराब चरित्र निभाए पनि अहिलेसम्म एक्सन फिल्ममा काम गरेको छैन । म अहिले ५७ वर्ष पुगें । अब मलाई लाग्छ कि अबका केही वर्ष मैले एक्सन फिल्ममा काम गर्नुपर्छ । म ‘मिसन इम्पोसिबल’ शैलीमा फिल्म गर्न चाहन्छु’, उनले भनेका छन् ।

शाहरुख हाल फिल्म ‘पठान’को प्रमोशनमा व्यस्त छन् । सिद्धार्थ आनन्दको निर्देशन रहेको फिल्म सन् २०२३ को डिसेम्बर २५ मा रिलिज हुँदैछ । फिल्ममा दीपिका पादुकोण र जोन अब्राहमको पनि अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News