‘२०८० को एसईईका लागि नयाँ पाठ्यक्रम’



काठमाडौं, मंसिर २०
आउँदो वर्ष २०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) नयाँ पाठ्यक्रमअनुसार हुने भएको छ । चालू वर्ष २०७९ को परीक्षा नै पुरानो पाठ्यक्रम अनुसारको अन्तिम परीक्षा हुनेछ ।

पाठ्यक्रम विकास केन्द्रले आगामी वर्ष कक्षा ५, ८ र १० को पाठ्यक्रम परिवर्तन गर्न लागेको हो । केन्द्रले तीनवटा कक्षाका अनिवार्य विषयका पाठ्यक्रम तयार गरिरहेको जनाएको छ ।

‘वि.सं. २०८० सालको शैक्षिक सत्रबाट ती कक्षामा नयाँ पाठ्यक्रम अध्यापन गरिने छ’, केन्द्रका महानिर्देशक सहसचिव वैकुण्ठ अर्यालले भने, ‘आउँदो वर्ष एस्ईईमा सहभागी हुने विद्यार्थीले अनिवार्य विषयको नयाँ पाठ्यक्रम पढ्नुपर्नेछ । ‘

उनका अनुसार कक्षा ८ र १० को अंग्रजी, गणित, विज्ञान र सामाजिक विषयको पाठ्यक्रम तयार भइरहेको छ । त्यसैगरी कक्षा ५ को अंग्रेजी, विज्ञान, सामाजिक, नेपाली, गणित र स्वास्थ्य तथा शारीरिक गरी ६ वटा विषयको पाठ्यक्रम पनि तयार भइरहेको छ । नेपाल समाचारपत्र दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News