दक्षिण भारतीय अभिनेता दर्शनमाथि चप्पल प्रहार



एजेन्सी, पुस ६
दक्षिण भारतीय अभिनेता दर्शन कुमारलाई एक कार्यक्रममा चप्पल प्रहार भएको छ ।

उनीमाथि चप्पलले प्रहार भएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि दर्शन अचानक चर्चामा आएका छन् । उनले महिलामाथि आपत्तिजनक टिप्पणी गरेपछि उनको चर्को विरोध भइरहेको थियो । दर्शनको टिप्पणीले महिलाप्रतिको उनको कमजोर सोच देखिएको त्याहाँका जनताहरूको भनाइ छ ।

भारतीय सञ्चार माध्यमका अनुसार दर्शन आफ्नो फिल्मको प्रचार गर्न भारतको कर्नाटक पुगेका थिए । त्यहा उनको फिल्मको नयाँ गीत सार्वजनिक गर्न एक कार्यक्रमको आयोजना गरिएको थियो । उनी कार्यक्रममा पुगेर मञ्चमा चढेका थिए र त्यही क्रममा उनीमाथि चप्पल प्रहार भएको थियो । जुन उनको काँधमा लागेको थियो ।

दर्शनले हालै भारतीय सञ्चार माध्यमसँग एक अन्तर्वार्ता दिएका थिए । उनले अन्तर्वार्तामा भनेका थिए, ‘भाग्यकी देवीले तिम्रो ढोका ढकढकाउँदैनन् । यदि उनले ढोका ढकढकाइन् भने उनलाई समात्नुहोस् र आफ्नो बेडरूममा लानुहोस् ।’

दर्शनको उक्त भनाइको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि मानिसहरु आक्रोशित भएका थिए । जसकारण उनीमाथि चप्पलले प्रहार भएको हो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News