महेश बाबुसँग विवाह गरेपछि नम्रताले किन छाडिनन् अभिनय



एजेन्सी, पुस ८
दक्षिण भारतीय अभिनेता महेश बाबुकी श्रीमती अभिनेत्री एवं पूर्व मिस इन्डिया नम्रता शिरोडकरले अभिनय छाड्नुको कारण बताएकी छन् ।

नम्रताले हालै भारतीय सञ्चार माध्यमसँगको एक अन्तर्वार्तामा अभिनय छाड्नुको कारण लामो समयपछि खुलेर बताएकी हुन् । यस क्रममा नम्रताले आफ्ना श्रीमान् महेशले काम नगर्ने श्रीमती चाहन्थे र यो निर्णयप्रति आफू एकदमै स्पष्ट रहेको बताइन् । जसका कारण नम्रताले विबाहपछि आफ्नो अभिनय करियरमा पूर्णविराम लगाइन् ।

उनले अन्तर्वार्तामा भनेकी छन्, ‘महेशले स्पष्ट रुपमा भनेका थिए कि उनलाई काम गर्ने श्रीमती चाहिँदैन । यदि म अफिसमा काम गरिरहेको भए पनि उनले मलाई काम छाड्न लगाउँथे ।’

अन्तवार्तामा नम्रताले थप भनिन्, ‘हामीले विवाहपछि अपार्टमेन्टमा बस्ने निर्णय गरेका थियौं, किनकि म मुम्बईकी थिए । ठूला–ठूला बंगलामा कसरी बस्न सक्छु थाहा थिएन । यी सबै सोच्दा मलाई डर लाग्थ्यो, जसका कारण महेश मसँगै अपार्टमेन्टमा बस्न थाले । विवाह पहिले उनको सर्त फिल्म छाड्ने थियो भने, मेरो सर्त हैदराबादमा अपार्टमेन्टमा बस्ने । हामी दुवै निकै स्पष्ट थियौं। त्यसैले मैले विवाहअघि नै सबै फिल्मको छायांकन सकेको थिएँ।’

नम्रता अन्तिम पटक १७ वर्षअघि ठूलो पर्दामा देखिएकी थिइन् । उनी पछिल्लो पटक सन् २००४ मा ‘इन्साफः द जस्टिस एन्ड ब्राइड एन्ड प्रिज्युडिस’ मा देखिएकी थिइन् । यसपछि सन् २००५ मा महेश बाबुसँग विवाह गरिन् र फिल्ममा काम गर्न छोडिन् । महेश र नम्रताका २ सन्तान छन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News