बडीगार्ड शेराका छोरालाई लञ्च गर्दै सलमान



काठमाडौँ, पाैष १०
सोनाक्षी सिन्हा, जरिन खान र सुरज पञ्चोलीलाई लञ्च गरेका सलमान खानले अब आफ्नो बडीगार्ड शेराका छोरा अबिर उर्फ ​​टाइगरलाई लन्च गर्ने भएका छन् । सलमान अबीरको अपोजिट अभिनेत्रीको खोजीमा रहेकाे भारतीय सञ्चार माध्यमले जनाएका छन् । तर, अहिलेसम्म आधिकारिक घोषणा भने नभएको उनीहरूले बताएका छन् ।​

पिंकभिलाको रिपोर्टका अनुसार सलमानले ‘तेरे नाम’ का निर्देशक सतीश कौशिकलाई अबीरकाे भूमिका रहने गरी फिल्म निर्देशन गर्न अनुरोध गरेका छन् । त्यति मात्र होइन, फिल्मको स्क्रिप्ट पनि तयार भइसकेको र २०२३ मा छायांकन सुरु हुने बताइएको छ ।

अबिर सिंह उर्फ ​​टाइगर सलमानका अंगरक्षक गुरमीत सिंह जोली उर्फ ​​शेराका छोरा हुन् । उनकाे सामाजिक सञ्जाल हेरेर थाहा हुन्छ कि उनले सलमानलाई गडफादर मान्छन् । सलमान जस्तै अबीर पनि फिटनेसका धेरै शौकिन छन् । मिडिया रिपोर्टका अनुसार अबीरले अलि अब्बास जफरलाई ब्लकबस्टर फिल्म सुल्तानमा असिस्ट गरेका थिए जसमा सलमान मुख्य भूमिकामा थिए ।

सन् २०२३ मा सलमान खान फिल्म ‘कस भाई की जान’ मा देखिनेछन् । यसबाहेक भाइजान उनको प्रतीक्षित फिल्म ‘टाइगर ३’ पनि बक्स अफिसमा रिलिज हुँदैछ । साथै भाइजान जनवरीमा रिलिज हुने शाहरुखको फिल्म पठानमा पनि क्यामियोमा देखिने छन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News