लगातार हाउसफुल हुँदै युएईमा छक्कापञ्जा


 


chhakka-panja-trailerकाठमाण्डौ,कार्तिक २७

नेपाली फिल्म हलमा व्यावसायिक रुपमा सफल फिल्म छक्कापञ्जा युएईमा दोस्रो दिन पनि हाउसफूल भएको छ।
युएईको फुझेरामा एक दर्जन स्थानीय अरबीहरुले पनि नेपाली फिलिम हेरेका छन्।

चलचित्र दुबई, अबुधाबी, फुजेराह, रसअलखेमा, अलऐन, अजमान, अलकोजका बिभिन्न १९ हलमा पर्दशनी भएको कन्सेप्ट भिजन फिल्म प्रोडक्शन एण्ड डिष्ट्रिव्युटर्स नेपालले नेपाली चलचित्र प्रदर्शन गर्ने राजन अधिकारीले बताए।

नेपालमा दर्शकले मन पराएको चलचित्र ‘छक्कापञ्जा’ संयुक्त अरब ईमिरेट्स ९युएई०का दर्शकको बहुप्रतिक्षित चलचित्र हो।

नेपाली चलचित्रमध्ये उच्च कमाइ गर्ने रेकर्ड राखिरहेको ‘छक्कापञ्जा’ युएईका बिभिन्न ८ शहरका १९ सिनेमा हलमा पर्दशनी भएको हो।

युएईका स्थानीय वितरकसँग सहकार्य गरी कन्सेप्ट भिजन फिल्म प्रोडक्शन एण्ड डिष्ट्रिव्युटर्स नेपालले नेपाली चलचित्रलाई वैधानिक रुपमा अक्टोबर १४ देखि नेपाली चलचित्र कानुनी अनुमति लिएरै प्रदर्शन सुरु गरिएको थियो।

बैधानिक सम्झौता पछि युएईमा नेपाली चलचित्र ‘वीर विक्रम’ पहिलोपटक पर्दशनी भएको हो ।

युएईमा नोभेम्बर १० तारिक साझ पनि बरदुबईको क्यारिफोर सिटीसेण्टरको भोक्स सिन्धगा सिनेमा हल, नेसनल सिनेमा हमदान अबुधाबीमा र फुजेराहको स्टार दाना भोक्स सिनेमा हलमा छक्कापञ्जा हाउसफुल भएको थियो ।

दीपाश्री निरौलाद्वारा निर्दे्शित पहिलो चलचित्र ‘छक्कापञ्जा’मा दीपकराज गिरी, प्रियंका कार्की, शिवहरि पौडेल, केदार घिमिरे ‘माग्नेबुढा’, जितु नेपाल, बुद्धि तामाङ, वर्षा राउत लगायतको मुख्य भूमिका रहेका छ।

चलचित्रमा गरिबीका कारण विदेशिन वाध्य आम नेपालीको अवस्था र विदेश गइसकेपछि भएको सामाजिक तथा पारिवारिक विचलन उजागर गरेको छ।

युएई लगाएत मध्यपूर्वका देशमा नेपाली सिनेमा प्रदर्शनीको वातावरण कन्सेप्ट भिजन फिल्म प्रोडक्शन एण्ड डिष्ट्रिव्यटर्र्स नेपालका सालिक सुबेदी , राजन अधिकारि सुबाश सिंह ठकुरीको पहलमा सम्भब भएको हो।

प्रकाशित मिति: २७ कार्तिक २०७३, शनिबार

प्रतिक्रिया दिनुहोस्