अभिनेत्री पूजा शर्मा बोर्डको महिला समिति सदस्यमा नियुक्त


 


काठमाडौं, पाैष १५
अभिनेत्री पूजा शर्मा चलचित्र विकास बोर्डको महिला चलचित्र सशक्तीकरण समिति सदस्यमा नियुक्त भएकी छन् ।

लामो समयदेखि चलचित्र क्षेत्रमा सक्रिय पूजालाई हालै बोर्डले उक्त पदमा नियुक्त गरेको हो ।

बोर्डले सोही दिन बोर्डको सल्लाहकार समितिमा वितरकद्धय गोपाल कायस्थ र गोविन्द शाहीलाई पनि नियुक्त गरेको छ ।

महिला चलचित्रकर्मीको हकाधिकार, सहभागिता, दक्षता अभिवृद्धि, लैंगिक शोषण एवं विभेदविरुद्ध जनचेतना बढाउने कार्यका लागि पूजालाई उक्त पदमा नियुक्त गरेको हो ।

प्रकाशित मिति: १५ पुस २०७९, शुक्रबार

प्रतिक्रिया दिनुहोस्