प्रतिनिधिसभाको पहिलो बैठकका लागि एजेन्डा तय गर्न सर्वदलीय बैठक बस्दै



काठमाडौं, पाैष २२
प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपतिशमेशर जबराले बोलाएको सर्वदलीय बैठक आज बस्दैछ ।

प्रतिनिधि सभाको पहिलो बैठकका लागि एजेन्डा तय गर्न दिउँसो १ बजे सर्वदलीय बैठक बस्न लागेको हो ।

बैठकमा पार्टीका सचेतक र संसदीय दलबाट प्रतिनिधिलाई बोलाइएको छ । बैठकमा स्वतन्त्र सांसदहरूलाई पनि बोलाइएको छ ।

बैठकमा सभामुखको निर्वाचन, सरकारले विश्वासको मत लिने तयारी, राष्ट्रपतिको सम्बोधनलगायत विषयमा छलफल गरिने बताइएको छ ।

गएको निर्वाचनपछि संसद्को पहिलो बैठक यही पुस २५ गते बस्दैछ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News