प्रदेशको नेतृत्वमा सहमति जुटाउन सत्ता गठबन्धनको बैठक बस्दै


 


काठमाडौं, पाैष २४
प्रदेश सरकार गठनबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक आज बस्दैछ । बैठक बिहान १० बजे माओवादी केन्द्र संसदीय दलको कार्यालयमा बस्न लागेको हो ।

गठबन्धनको बैठकमा मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा लिने विश्वासको मत र प्रदेश सरकार गठनबारे छलफल हुने बताइएको छ ।

कुन प्रदेश सरकारको नेतृत्व कुन दलले गर्ने भन्ने विषयमा नेताहरूबीच सहमति जुटाउने प्रयास हुनेछ ।

प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेश १ सरकारको मुख्यमन्त्री दाबी गर्न दलहरूलाई दिएको समयसीमा आज साँझ ५ बजे सकिँदैछ। सत्ता साझेदार दलहरुले आजै प्रदेश प्रमुखसामू मुख्यमन्त्री दाबी गर्ने तयारी गरेका छन् ।

प्रकाशित मिति: २४ पुस २०७९, आइतबार

प्रतिक्रिया दिनुहोस्