वाम एकता : माओवादीको पहिलो प्राथमिकता बाबुराम र माधव



काठमाडौं, पाैष २८
नेकपा माओवादी केन्द्रले वाम एकता अभियानअन्तर्गत बाबुराम भट्टराईसँगै माधव कुमार नेपालसँग पनि सम्बाद गर्ने भएको छ ।

वाम एकता अपरिहार्य रहेको भन्दै माओवादीले नेकपा एकीकृत समाजवादीसँग पनि पार्टी एकता लागि सम्बाद गर्ने भएको हो ।

माओवादीका उपमहासचिव एवं कार्यदल सदस्य गिरिराजमणि पोखरेलले माधव नेपालसँग अनौपचारिक छलफल सुरु भएको बताए। उनले माओवादी र एकीकृत समाजवादीका नेताहरूबीच अनौपचारिक सम्बाद भइरहेको पुष्टि गरे।

‘पार्टीले कार्यदल बनाए पनि सत्ता समीकरणको व्यस्तताले कार्यदलको बैठक बस्न सकेको छैन। तर कार्यदलका भएका साथीहरूले बाबुराम भट्टराई र माधव कुमार नेपालसँग अनौपचारिक सम्बाद गरिरहनु भएको छ,’ पोखरेलले भने।

उनले चुनावअघि वाम शक्तिहरूबीच ध्रुवीकरण भएको भन्दै स्थायित्वका निम्ति वाम एकता अपरिहार्य रहेको बताए। ‘वाम एकताका लागि एउटा प्रयोग सुरु गरिसकेका छौं। वाम शक्तिहरू एकअर्कासँग नमिलिकन अगाडि बढ्ने स्थिति छैन,’ उनले भने। अन्नपूर्ण पोस्टबाट

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News