अक्षयकुमारको ‘कठपुतली’ बन्यो २०२२ मा सबैभन्दा बढी हेरिएको फिल्म


 


मुम्बई, पाैष २९
अक्षयकुमार र रकुलप्रित सिंहको अभिनय रहेको फिल्म ‘कठपुतली’ सन् २०२२ मा सबैभन्दा बढी हेरिने फिल्म बनेको । ओरम्याक्सले गरेको अध्ययनअनुसार डिज्ने प्लस हटस्टारमा आएको यो फिल्म अघिल्लो साल रिलिज भएका फिल्म र सिरिजमध्ये सर्वाधिक हेरिने फिल्म बनेको हो ।

ओरम्याक्सका अनुसार यो फिल्मले २६.९ मिलियन दर्शक पाएको थियो । यो सन् २०२२ मा रिलिज भएका फिल्म वा सिरिजमध्ये सबैभन्दा धेरै दर्शक पाउने फिल्म बनेको हो । डिज्ने प्लस हटस्टारले यही फिल्ममार्फत बाँकी ओटीटीलाई दर्शक तान्ने होडमा उछिनेको पनि ओरम्याक्सले जनाएको छ ।

सर्वाधिक हेरिने १५ फिल्म वा सिरिजमध्ये ७ वटा डिज्ने प्लस हटस्टारमा आएका थिए । यो सूचीमा पनि ‘कठपुतली’ पहिलो भएको हो । पूजा इन्टरटेनमेन्टले निर्माण गरेको यो फिल्म दक्षिण भारतीय फिल्म ‘रतासन’ को रिमेक हो । सन् २०२३ मा पूजा इन्टरटेनमेन्टका ‘गनपत’, ‘क्याप्सुल गिल’, ‘बडे मियाँ छोटे मियाँ’ र ‘कर्ण’ प्रदर्शन आउँदैछन् ।

प्रकाशित मिति: २९ पुस २०७९, शुक्रबार

प्रतिक्रिया दिनुहोस्