कांग्रेस र एमालेका नेताहरूबीच घोचपेच


 


काठमाडौं, माघ ६
सभामुखको निर्वाचनमा प्रधानमन्त्री पुष्पकमल दाहाललाई दिएको विश्वासको मतलाई लिएर नेकपा एमाले र नेपाली कांग्रेसबीच घोचपेच भएको छ ।

प्रतिनिधिसभामा बिहीबार सभामुखको निर्वाचनअघि आआफ्ना भनाइ राख्ने क्रममा कांग्रेस र एमालेका नेताहरूबीच घोचपेच चलेको हो ।

कांग्रेसले सभामुखका लागि आफ्ना उम्मेदवार ईश्वरीदेवी न्यौपानेलाई मतदान गर्न र एमालेले आफ्ना उम्मेदवार देवराज घिमिरेलाई मत दिन सांसदहरूलाई आग्रह गर्नुपर्ने थियो । तर ती दलका नेताहरूले मत माग्नेभन्दा पनि घोचपेचमै धेरै समय खर्चिए ।

कांग्रेस सांसदहरूले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिँदा एमाले अध्यक्ष केपी ओलीले गरेको ‘ढोक्सा’को विषयमा प्रतिवाद गरे । ओलीले त्यसबेला कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिएर ढोक्सा थापेको भए त्यसमा माछा नपर्ने बताएका थिए । नागरिक दैनिकबाट

प्रकाशित मिति: ६ माघ २०७९, शुक्रबार

प्रतिक्रिया दिनुहोस्