इन्दिरालाई उपसभामुख उम्मेदवार बनाउने रास्वपाको निर्णय


 


काठमाडौं, माघ ६
राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले इन्दिरा राना मगरलाई उपसभामुखमा उम्मेदवार उठाउने भएको छ ।

शुक्रबार बिहान रास्वपा संसदीय दलको बैठकमा उक्त निर्णय गरेको हो । झापाकी मगर समानुपातिक सांसद हुन् ।

यसअघि सो पार्टीबाट उपसभामुखमा सोविता गौतमको चर्चा भएपनि अन्तिम समयमा आएर पार्टीले राना मगरलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

सातदलीय गठबन्धनको भागबन्डामा रास्वपालाई उपसभामुख दिने समझदारी बनिसकेको छ । सभामुखमा एमालेका देवराज घिमिरे निर्वाचित भइसकेका छन् ।

राना सन् २०१७ मा बीबीसीको प्रेरणादायी महिलाको सूचीमा परेकी थिइन् । उनी बन्दी सहायता नेपालकी संस्थापक अध्यक्षसमेत हुन् ।

२०२७ सालमा झापाको शनिश्चरे–६ मा जन्मेकी इन्दिराले समाजसेवा बापत सन् २००५ मै अशोक फेलो जितेकी थिइन्। उनले काठमाडौंको नयाँबजारको बाल आवासगृह, साँखु र झापाको खुदुनाबारीमा पनि बालगृह सञ्चालन गर्दै आएकी छन् ।

प्रकाशित मिति: ६ माघ २०७९, शुक्रबार

प्रतिक्रिया दिनुहोस्