गृहमन्त्री लामिछानेले भने – हिजो बोलेका शब्द-शब्दको हेक्का छ, सबै ‘फरार’ समातिन्छन्


 


काठमाडौं, माघ ७
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले चुनाव प्रचारका क्रममा बोलेका कुराको हेक्का आफूलाई रहेको बताएका छन् ।

लामिछानेले सामाजिक सञ्जाल फेसबुकमार्फत अभियुक्त समातिने बताएका हुन्।

उनले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्,’पुराना”फरार”हरु समातिन्छ्न मात्र होइन धेरै नयाँहरु फरार हुन नपाउन् भन्ने कुराको हेक्का छ। हिजो बोलेका शब्द शब्दको हेक्का छ,भोट माग्दा गरेका वाचाहरुको हेक्का छ।मिडियाको हेडलाईन म बदल्न सक्दिन तर जनताको लाइफलाईन बदल्न मेहनत गर्दैछु।धुलो धेरै छ, पुरानो छ.. थोरै पर्खिनु चाहिँ पर्छ!!’

आफूले बोलेका शब्द(शब्दको हेक्का र भोट माग्दा गरेका वाचाहरूको हेक्का रहेको भन्दै मन्त्री लामिछानेले सबै फरार समातिने र नयाँ फरार हुन नदिने बताए ।

यसअघि मन्त्रालयले एमालेका फरार सांसद लक्ष्मी महतो कोइरीलाई पक्रन प्रहरीलाई निर्देशन दिएको थियो।

सांसद कोइरी सशस्त्र प्रहरीका असई थमन विकको हत्यामा फरार अभियुक्त हुन्।सांसद कोइरी पक्राउ नपरेको विषयमा प्रतिनिधि सभा बैठकमा समेत नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले गृहमन्त्री लामिछानेमाथि माथि प्रश्न उठाएका थिए।

गृहमन्त्री लामिछानेले विधि र प्रक्रिया पालना गर्ने जवाफ दिएका थिए। कोइरी प्रधानमन्त्रीलाई विश्वासको मत दिन संसद बैठकमा उपस्थित भए पनि सभामुख निर्वाचनको दिन अनुपस्थित भएका थिए। कोइरी महोत्तरी १ बाट निर्वाचित सांसद हुन्।

२०७२ साल भदौ २५ गते मधेस आन्दोलनको क्रममा सशस्त्र प्रहरीका असई थमन विकलाई उपचारका लागि जनकपुर लैजाने क्रममा एम्बुलेन्सबाट थुतेर हत्या गरिएको थियो।

प्रकाशित मिति: ७ माघ २०७९, शनिबार

प्रतिक्रिया दिनुहोस्