अमेरिकाको विद्यालयमा गोली चल्यो : २ विद्यार्थीको मृत्यु, शिक्षक घाइते


 


काठमाडौं, माघ १०
अमेरिकाको आयोवास्थित एक विद्यालयमा गोली चल्दा दुई विद्यार्थीको मृत्यु भएको छ ।

आयोवाको डेस मोइनेसको एक विद्यालयमा सोमबार अपरान्ह गोली चल्दा दुई विद्यार्थीको मृत्यु भएको छ भने एक शिक्षक घाइते भएका छन् ।

देस मोइनेस स्कुलमा सुरु भएको शैक्षिक कार्यक्रमका क्रममा गोली चलेको हो । प्रहरीका अनुसार गोली चलेको घटनापछि धेरै संदिग्धहरूलाई हिरासतमा लिइएको बताएको छ।

गोली लागेका विद्यार्थीलाई अस्पताल पुर्‍याइए पनि उनीहरूलाई बचाउन नसकिएको प्रहरीले जनाएको छ । घाइते शिक्षिकाको अवस्था गम्भीर रहेको र उनको सोमबार दिउँसो शल्यक्रिया गरिएको थियो ।

प्रकाशित मिति: १० माघ २०७९, मंगलबार

प्रतिक्रिया दिनुहोस्