सूर्य नेपालद्वारा पृथ्वी हाइवे ट्रमा अस्पताललाई एम्बुलेन्स हस्तान्तरण



काठमाडौं, माघ १०
सूर्य नेपाल प्रा लिले सशस्त्र प्रहरी बल नेपाल विपद्, व्यवस्थापन तालिम शिक्षालय कुरिनटार, चितवनमा रहेको पृथ्वी हाइवे ट्रमा अस्पताललाई एम्बुलेन्स हस्तान्तरण गरेको छ ।

हाल सो ट्रमा अस्पतालमा एम्बुलेन्सको अभाव भएकोले तुरुन्तै घाइते बिरामीहरुलाई उद्धार गर्न कठिनआई भएकोले कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गतको Platform सूर्य नेपाल आशा मार्फत एम्बुलेन्स उपलब्ध गराएको हो ।

प्राप्त एम्बुलेन्स हाइवेका वरिपरी हुने दुर्घटनामा परेका बिरामीहरुको उद्धारका लागी प्रयोग हुनेछ

सोमबार एक कार्यक्रमकाबीच सशस्त्र प्रहरी बल नेपाल विपद्, व्यवस्थापन तालिम शिक्षालय कुरिनटार, चितवनका प्रमुख यस यस पि अन्जनी कुमार पोख्रेललाई कम्पनीको भाइस प्रेसिडेन्ट करपोरेत अफैर्स रवी के सिले एम्बुलेन्सको चाबी हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल विपद्, व्यवस्थापन तालिम शिक्षालय कुरिनटार, चितवनका प्रमुख यस यस पि अन्जनी कुमार पोख्रेल, सूर्य नेपाल प्रा लि को भाइस प्रेसिडेन्ट कर्पोरेट अफैर्स रवी केसी , प्रबन्ध निर्देशक रवी के रायवरम , भाइस प्रेसिडेन्ट फाइनेन्स विकास भुत्रा , भाइस प्रेसिडेन्ट मारकेटिङ दिप्रा लेहरी लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News