किन रोकियो कांग्रेस संस्थापन इतर भेला ?


 


काठमाडौं, माघ ११
नेपाली कांग्रेस संस्थापन इतर पक्षको भेला राष्ट्रपति निर्वाचन नहुँदासम्मका लागि स्थगित भएको छ ।

संस्थापन इतर पक्षको साझा धारणा बनाउन आइतबार नेताहरूको भेला गरिएको थियो । अर्को भेला मंगलबार बिहानका लागि तय गरिएको थियो ।

भेलाको पहिलो दिन शेखर कोइरालासहितका केही नेताले राखेको भनाइ बंग्याएर सञ्चारमाध्यममा आएको भन्दै तत्कालका लागि भेला स्थगित गर्ने निष्कर्षमा संस्थापन इतर पक्ष पुगेको हो ।

संस्थापन इतर पक्षले मंगलबारका लागि डाकिएको भेला स्थगित गर्दै अब राष्ट्रपति निर्वाचनपछि मात्र यसलाई निरन्तरता दिने भएको छ ।

‘पहिलो दिनको भेलामा नेता शेखर कोइरालाले पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्रीमा विश्वासको मत दिएर गल्ती भयो भन्नुभएको थिएन । तर सञ्चारमाध्यममा भने दाहाललाई प्रधानमन्त्रीमा विश्वासको मत दिएर पार्टीले गल्ती गन्यो भन्नुभयो भन्ने कुरा आयो,’ कोइरालानिकट एक नेताले भने, ‘भित्र एउटा कुरा भएको थियो तर बाहिर अर्कै आयो । यसले राम्रो सन्देश नगएकाले राष्ट्रपति चुनावपछि मात्र बस्नेगरी भेला स्थगित गरिएको छ ।’

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।

प्रकाशित मिति: ११ माघ २०७९, बुधबार

प्रतिक्रिया दिनुहोस्