पाकिस्तानमा ग्यास चुहावट हुँदा बालबालिकासहित १६ जनाको मृत्यु



इस्लामाबाद, माघ १२
पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तको क्वेटा सहरमा गत एक हप्तामा ग्यास चुहावटका घटनामा बालबालिकासहित कम्तीमा १६ जनाको मृत्यु भएको छ।

बुधवार क्वेटाको किल्ली बडेजाइ क्षेत्रमा ग्यास चुहावटले विस्फोट गराएपछि माटोको पर्खालले भरिएको घरभित्र एकै परिवारका चार बालबालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनामा दुई महिला पनि घाइते भएका छन्। क्वेटामा हाल चरम शीतलहर जारी रहेको छ । क्वेटामा हाल रात र बिहानको समयमा माइनस तीन डिग्री सेल्सियसमा झर्ने गरेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News