प्रचण्ड र ओलीबीच बालुवाटरमा भेटवार्ता


 


काठमाडौँ, माघ १२
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच शुक्रबार भेटवार्ता भएको छ ।

प्रचण्डलाई भेट्न ओली केहीबेरअघि बालुवाटार पुगेका हुन् ।

राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन, राष्ट्रियसभाको उपनिर्वाचनलगायतका समसामयिक विषयमा दुई नेताबीच छलफल हुने बताइएको छ ।

दुई दिनअघि पनि ओली र प्रचण्डबीच भेटवार्ता भएको थियो ।

प्रकाशित मिति: १२ माघ २०७९, बिहिबार

प्रतिक्रिया दिनुहोस्