राष्ट्रपति निर्वाचन : एमाले–माओवादी दूरी बढ्दै



काठमाडौं, माघ १५
राष्ट्रपति निर्वाचनलाई लिएर सत्तारूढ दल आ–आफनै रणनीतिअनुसार अगाडि बढिरहेका छन् ।

एक अर्काप्रति सशंकित सत्तारूढ नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले) राष्ट्रपति निर्वाचनमा रणनीतिकरूपमा अगाडि बढ्न खोजेपछि उनीहरूबीच दूरी बढ्दै गएको स्रोत बताउँछ ।

नेकपा (माओवादी केन्द्र) ले राष्ट्रपति चयन राष्ट्रिय सहमतिमा गर्नुपर्ने निर्णय गरेपछि एमालेले सरकार गठनअघि भएको ‘भद्र सहमति’ अनुसार एमालेले राष्ट्रपति पाउनुपर्ने दाबी गर्दै आएको छ ।

राष्ट्रपति निर्वाचनमा सरकार गठनअघिको सहमति कार्यान्वयनका लागि दुवै पार्टीका शीर्षनेता निरन्तर छलफलमा छन् । यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News