नागरिकता पुन: प्राप्तिका लागि जिल्ला प्रशासन जाँदै रवि लामिछाने



काठमाडौं, माघ १५
अनागरिक रवि लामिछाने नेपाली नागरिकताको प्रमाणपत्र लिन आज जिल्ला प्रशासन कार्यालय काठमाडौं जाने भएका छन् ।

गृह मन्त्रालय उच्च स्रोतका अनुसार, उनले स्थानीय प्रशासनसँग समन्वय गरी नागरिकता लिने तयारी गरेका हुन् ।

नेपाली नागरिकताको प्रमाणपत्र पुर्नप्राप्तिमा लागि उनी बिहान १० बजेतिर बबरमहलस्थित प्रशासन कार्यालय काठमाडौं जाने बताइएको छ । सम्भवतः उनी आजै नागरिकता पाउने छन् ।

शुक्रबार सर्वोच्च अदालतले रविको नेपाली नागरिकता नभएको फैसला गरेपछि उनको सांसद पदसँगै सबै पद गुमेको थियो ।

उनले अमेरिकी नागरिकता त्यागेर नेपालको नागरिकता पुन: लिने प्रक्रिया पुरा नगरेको भन्दै संवैधानिक इजलासले सांसद पद बदर भएकाे थियाे ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News