सबइन्स्पेक्टरले हाने स्वास्थ्यमन्त्रीलाई गोली



काठमाडौं, माघ १६
प्रहरीका सबइन्स्पेक्टरको गोली प्रहारबाट गम्भीर घाइते भएका ओडिसाका स्वास्थ्यमन्त्री नवकिशोर दासको मृत्यु भएको छ ।

चार राउण्ड गोली लागेका दासको उपचारका क्रममा मृत्यु भएको हो ।

सार्वजनिक कार्यक्रममा भाग लिन झारसुगुडा जिल्ला पुगेका मन्त्री दासलाई गाडीबाट ओर्लिने क्रममा सबइन्स्पेक्टर गोपाल दासले छातीमा गोली हानेका थिए।

गोली प्रहार गर्ने प्रहरीलाई पक्राउ गरिएको छ । घटना अनुसन्धानकै क्रममा रहेकाले गोली प्रहार गर्नुको कारण भने खुलेको छैन।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News