प्रधानमन्त्री प्रचण्ड र अमेरिकी उपविदेशमन्त्री नुल्याण्डबीच भेटवार्ता



काठमाडौं, माघ १६
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अमेरिकाको राजनीतिक मामिला उपमन्त्री भिक्टोरिया नुल्यण्डबीच भेटवार्ता भएको छ ।

आइतबार साँझ नेपाल आइपुगेकी नुल्यान्डसँग सोमबार बिहान प्रधानमन्त्री प्रचण्डले भेटवार्ता गरेका हुन्।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा एमसीसी परियोजना लगायतका विषयमा छलफल भएको बुझिएको छ ।

उनले आजै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लगायतसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

नुल्यान्ड ३३ वर्षयता अमेरिकी कूटनीतिज्ञका रुपमा कार्यरत छिन्। उनी नयाँ सरकार बनेपछि नेपाल भ्रमण गर्ने सबैभन्दा वरिष्ठ अमेरिकी अधिकारी हुन्।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News