सहमतिविपरीत सांसद चौधरी पक्राउ



कैलाली, माघ २०
नेपाल सरकारको वार्ता टोली र थारू संयुक्त संघर्ष समितिबीच १० वर्ष अघि २०६९ साल जेठ १० गते शान्ति तथा पुनर्निर्माण मन्त्रालयमा भएको सहमतिविपरीत कैलाली-२ बाट निर्वाचित नागरिक उन्मुक्ति पार्टीका प्रतिनिधि सभाका सांसद अरूण कुमार चौधरीलाई प्रहरीले पक्राउ गरेको छ ।

तत्कालीन थारू संयुक्त संघर्ष समितिका संयोजक चन्द्रकुमार चौधरी, सरकारी वार्ता टोलीका संयोजक तथा तत्कालीन शान्ति तथा पुनर्निर्माण मन्त्री टोपबहादुर रायमाझीको टोलीले २०६९ साल जेठ १० गते थारू संयुक्त संघर्ष समितिसँग १० बुँदे सहमति गरेको थियो ।

नेपाल सरकारको वार्ता टोली र थारू संयुक्त संघर्ष समितिसँग भएको १० बुँदे सहमतिको बुँदा नम्बर ८ मा थारूहरूको चरणाबद्ध आन्दोलनका क्रममा पक्राउ परेकालाई निसर्त रिहा गर्ने, आन्दोलनको क्रममा लगाइएका सबै मुद्दा फिर्ता लिने सहमति भएको थियो ।

अहिले आएर त्यही आन्दोलनको क्रममा लगाइएका मुद्दालाई आधार मानेर नेपाल सरकारले गरेको सहमति विपरीत मुद्दा फिर्ता लिएको १० वर्षपछि सांसद चौधरीलाई पक्राउ गर्नुलाई थारूहरूले आपत्ति जनाएका छन् ।

नागरिक उन्मुक्ति पार्टीकि अध्यक्ष रंजिता श्रेष्ठले बिना सर्त माननीय अरूण कुमार चौधरीलाई रिहा गर्नु पर्ने बताइन् । उनले राज्यबाट थारुहरू जहिले पीडित मात्रै किन ? भन्दै प्रश्न गरिन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News