आज पत्रकार सम्मेलन गर्दै राजीनामा बुझाएका रास्वपाका तीन मन्त्री



काठमाडौं, माघ २३
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आइतबार राजीनामा बुझाएका राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीहरूले आज पत्रकार सम्मेलन गर्दै छन् ।

आइतबार पार्टीको निर्णयअनुसार रास्वपाका मन्त्रीहरूले साँझ बालुवाटारमा पुगेर प्रचण्डलाई राजीनामा बुझाएका थिए ।

राजीनामा दिनेमा रास्वपाको तर्फबाट मन्त्रिपरिषदमा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्याल, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री शिशिर खनाल र स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री तोसिमा कार्की राजीनामा रहेका छन् ।

आइतबार दिउँसो बसेको रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन कायम राख्दै पार्टीको तर्फबाट सरकारमा सहभागी मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News