टर्की-सिरिया भूकम्पः मृतकको संख्या २८ हजार नाघ्यो


 


काठमाडौं, माघ २९
टर्की र सिरियाको सीमाक्षेत्रमा गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या बढी रहँदा लुटपाटका घटनाहरू पनि सार्वजनिक भइरहेका छन् ।

अलजजिराले भूकम्पमा परी २८ हजार भन्दा बढी मानिसको मृत्यु भएको जनाएको छ । त्यसमध्ये टर्कीमै २४ हजार ६ सय मानिसको मृत्यु भएको तथा ३ हजार ५ सय भन्दा बढी मानिसको मृत्यु सिरियामा भएको अलजजिराले उल्लेख गरेको छ ।

७.८ म्याग्निच्यूडको भूकम्प गएको ८ दिनबित्नै लाग्दा उद्दारकर्ताहरूले भने अझै पनि भग्नावशेषमा परेकाहरूलाई जीवितै उद्दार गर्ने अपेक्षा राखेका छन् ।

यसैबीच, लुटपाटको घटनाका कारण राहत वितरण तथा उद्दारमा समस्या भइरहेको स्वयमसेवकहरूले बताएका छन् । टर्कीको सुरक्षाकर्मीले लुटपाटमा संलग्न ४८ जनालाई पक्राउ गरेको जनाइएको छ ।

प्रकाशित मिति: २९ माघ २०७९, आइतबार

प्रतिक्रिया दिनुहोस्