उच्चस्तरीय संयन्त्रको बैठकमा जनमत र नागरिक उन्मुक्तिका नेता फेरि अनुपस्थित



काठमाडौं, माघ २९
सत्ता साझेदार दलहरूको उच्चस्तरिय राजनीतिक संयन्त्रको बैठकमा जनमत र नागरिक उन्मुक्ति पार्टीका नेताहरू सहभागी भएका छैनन् ।

केहीबेर अघि बसेको उक्त संयन्त्रको बैठकमा यी दुई दलबाट कुनै पनि नेताहरू सहभागी नभएको बैठकमा सहभागी एक नेताले बताए ।

गठबन्धनमा सात दल आबद्ध छन् । तर, बैठकमा चार दलका नेता मात्र सहभागी छन् । गएको शुक्रबार बसेको संयन्त्रको बैठकमा पनि उनीहरू अनुपस्थित थिए ।

जारी बैठकमा संयन्त्रको संयोजक तथा एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन सहभागी छन् ।

बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, राष्ट्रपति पदको निर्वाचनलगायत विषयमा छलफल हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News