एनआईसी एशिया लघुवित्तको अध्यक्षमा सन्तोष राठी नियुक्त


 


काठमाडौं, फागुन ८
एनआईसी एशिया लघुवित्तको अध्यक्षमा सन्तोष कुमार राठी नियुक्त भएका छन् । कम्पनीको संचालक समितिको बैठकले राठीलाई सर्वसम्मत रुपमा अध्यक्षमा नियुक्त गरेको हो ।

सोमबार बसेको संचालक समितिको बैठकले संचालकमा दिनेश भारी र राठीलाई नियुक्त गरेको थियो । सोही बैठकले राठीलाई अध्यक्षमा नियुक्त गरेको हो ।

अध्यक्ष राठीले नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक डा. गुणाकर भट्ट समक्ष शपथ ग्रहण गरी पदभार सम्कालेका छन् । त्यस्तै सञ्चालक दिनेश भारीले संस्थाका अध्यक्ष राठी समक्ष शपथ ग्रहण गरी पद बहाल गरेका छन् ।

राठी र भारी हाल एन आई एशिया बैंकमा क्रमशः नायव प्रमुख कार्यकारी अधिकृत र प्रमुख कानून अधिकृतमा कार्यरत छन् । राठीको बैंकिङ्ग क्षेत्रमा करिब २० वर्षको अनुभव रहेको छ भने भारीको कानून तथा बैंकिङ्ग क्षेत्रमा करिब २२ वर्षको अनुभव रहेको छ ।

प्रकाशित मिति: ८ फाल्गुन २०७९, सोमबार

प्रतिक्रिया दिनुहोस्