अभिनेता पल शाह आज रिहा हुँदै



काठमाडौं, फागुन १५
उच्च अदालत पोखराबाट जबरजस्ती करणी अभियोगमा सफाइ पाएका अभिनेता पल शाह आज रिहा हुने भएका छन् । नाबालिग बलात्कार अभियोगबाट पूर्ण सफाइ पाएपछि शाह आज रिहा हुने लागेका हुन् ।

शाह जिल्ला प्रहरी कार्यालय तनहुँको हिरासतमा छन् । शाह आज रिहा भएपछि काठमाडौँ आउने बुझिएको छ ।

तनहुँ र नवलपुर जिल्ला अदालतले बकपत्र गर्दा पीडित १७ वर्षीया नाबालिगले आफूमाथि बलात्कार नभएको भन्दै बयान फेरेकी थिइन्। बलात्कार आरोपमा परेको मुद्दामा शाहलाई जिल्ला अदालत तनहुँले यसअघि नै सफाइ दिइसकेको थियो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News