सुनकाे भाउ अाज ९ सय घट्याे


 


काठमाडाैं, कार्तिक २८

नेपाली बजारमा आइतबार सुनको भाउ प्रतितोला ९ सय रुपैयाँ घटेको छ । गत साताको शुक्रबार निर्धारण भएको भाउमा आज ९ सय रुपैयाँ घटेको हो ।

goldनेपाली बजारमा आज छापावाल सुन प्रतितोला ५५ हजार ५ सय रुपैयाँमा कारोवार भइरहेको छ । यस्तै, तेजावी सुन तोलाको ५५ हजार २ सय ५० रुपैयाँमा कारोवार भइरहेको छ ।

आज चाँदीको भाउ पनि प्रति तोला ३५ रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । गत साता नेपाली बजारमा सुनको भाउ छापावाल प्रतितोला ५६ हजार ४ सय रुपैयाँ थियो भने तेजावी सुनको भाउ प्रतितोला ५६ हजार एक सय ५० रुपैयाँ थियो ।

यस्तै, चाँदीको भाउ पनि प्रतितोला ८ सय ४५ रुपैयाँ रहेको थियो । विश्व वजारमै सुनको भाउ घटेपछि नेपाली वजारमा समेत कमी आएको व्यवसायीको भनाइ छ ।

अमेरिकामा भएको राष्ट्रपतिको निर्वाचन र डोनाल्ट ट्रम्पको विजयले सुनमा लगानीकर्ता आकर्षित हुने अनुमान थियो । सुन सवैभन्दा बढी सुरक्षित लगानीको माध्यम मानिन्छ ।

तर, त्यसको विपरित लगानीकर्ता सुनमा आकर्षित नहुदा अन्तर्राष्ट्रिय बजारमै अहिले सुनको भाउ ओरालो लागेको छ । जसको प्रभाव नेपाली बजारमा समेत परेको हो ।

यस्तै, भारत सरकारले ठूला भारतीय नोटमा लगाएको प्रतिवन्धले पनि सुनको भाउ आकासिने अनुमान थियो । तर, त्यो अनुमान समेत गलत सावित भएको व्यवसायीको टिप्पणी छ ।

अमेरिकामा नयाँ राष्ट्रपति चुनिएको दिन र भारतले लगाएको ठूला नोटको प्रतिवन्धले एक दिन तोलामा १३ सय बढेको सुनको भाउ भोलिपल्टै पुन १४ सयले घटेको थियो । त्यसपछि भने सुनको भाउ ओरालो लागिरहेको छ ।

प्रकाशित मिति: २८ कार्तिक २०७३, आइतबार

प्रतिक्रिया दिनुहोस्