प्रधानमन्त्री प्रचण्डविरुद्धको रिटमा आज सुनुवाइ



काठमाडौं, फागुन २६
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्धको फौजदारी रिटमा सर्वोच्च अदालतमा शुक्रबार सुनुवाइ हुने सम्भावना छ ।

बिहीबार न्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठको ईजलाशमा पेशी तोकेर पनि हेर्न नभ्याउने भन्दै स्थगित गरिएको रिटको पेशी शुक्रबार पुनः तोकिने छ ।

प्रचण्डविरुद्ध रामेछापका ज्ञानेन्द्रराज आरणसहित २९ जनाले द्वन्द्वकालमा भएका व्यक्ति हत्यामा जिम्मेवार रहेको भन्दै सर्वोच्चमा मुद्दा दायर गरेका छन् ।

प्रचण्डले २०७६ साल माघ १ गते काठमाडौंको टुँडिखेलमा आयोजित माघी महोत्सवमा द्वन्द्वकालमा हत्या गरिएका पाँच हजार जनाको जिम्मेवारी आफूले लिने बताउनुभएको थियो ।

द्वन्द्वकालिन मुद्दा भनेर बारम्बार दरपिठ हुँदै आएको रिटलाई न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र हरिप्रसाद फुयालको संयुक्त इजलासले दर्ता गर्न आदेश दिएपछि मुद्दा अघि बढेको हो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News