जर्मनीको चर्चमा अन्धाधुन्द गोली प्रहार, ६ जनाको मृत्यु



एजेन्सी, फागुन २६
जर्मनीको उत्तरी सहर ह्याम्बर्गमा रहेको एउटा चर्चमा बन्दुकधारीले आक्रमण गर्दा कम्तिमा ६ जनाको मृत्यु भएको छ ।

इसाई धर्माबलम्बीहरुको कार्यक्रम चलिरहेको ‘जेहोभाज विटनेस बैठक हल’ मा भएको गोलीकाण्डमा परी थुप्रै घाइते भएका छन् ।

प्रहरीले घटनामा कम्तिमा ६ जनाको मृत्यु भएको पुष्टी गरेको छ । मृतकहरुमा आक्रमणकारी पनि हुनसक्ने प्रहरीको अनुमान छ ।

अहिलेसम्म आक्रमणकारीको पहिचान भएको छैन भने आक्रामण्को उद्देश्य पनि खुलेको छैन । ह्यामवर्ग शहरको ग्रोस बोर्सटेल जिल्लाको डिलबोगे सडकमा घटना भएको हो ।

प्रहरीको कारबाहीका क्रममा आसपासका बासिन्दाहरूलाई घरबाहिर ननिस्कन भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News