अष्ट्रेलिया उडिन् गायिका समीक्षा



काठमाडौं, फागुन २६
गायिका समीक्षा अधिकारी अष्ट्रेलिया उडेकी छन् । साँगीतिक कार्यक्रमका लागि उनी केही दिन अगाडि अष्ट्रेलिया उडेको उनका भिनाजु सुवास खत्रीले बताए ।

अष्ट्रेलिया उनको केही कार्यक्रम तय भएको छ । जसमा उनले आफ्नो नयाँ तथा पुराना चर्चित गीत गाउनेछिन् ।

बुधबार साँझ सामाजिक सञ्जाल टिकटकमा उनलाई त्रिभुवन अन्तराष्ट्रिय बिमान स्थलमा विदाई गरेको भिडियो बाहिरिएको थियो । भिडियोमा दिदी शर्मिला अधिकारीसँगै उनी पनि रहेकी छन् ।

‘नाई नभन्नु ल ५’ को चर्चित गीत ‘बालापनको उमेर’ बाट व्यावसायिक गायन यात्रा सुरु गरेकी समीक्षाले थुप्रै हिट गीत दिएकी छन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News