प्रदेश नामकरणको विरोधमा आज कोशी प्रदेशमा हड्ताल, सार्वजनिक सवारी साधन बन्द



काठमाडौं, फागुन २८
प्रदेश नामकरणको विरोधमा कोशी प्रदेशमा आइतबार बन्द आह्वान गरिएको छ ।

जातीय पहिचान हुने गरी प्रदेशको नामाकरण हुनुपर्ने माग गर्दै आएका जातीय समुहहरुले बन्द आह्वान गरेका हुन ।

बन्दका कारण प्रदेशमा आइतबार बिहान सवारी साधन चलेका छैनन् । बन्दकर्ताहरु सडक उभिएर यातायातका साधन नचलाउन रोकिरहेका छन् । उनीहरूले सडकमा अवरोध समेत गरेको प्रहरीले जनाएको छ ।

उनीहरुले शनिबार साँझ कोशी प्रदेशका विभिन्न स्थानमा मशाल जुलुस प्रदर्शन गरेका थिए । प्रदेश सभाले यही फागुन १७ गते बहुमतले प्रदेशको नाम कोशी पारित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News