संसद बैठक : सत्तापक्षको बेन्चमा बस्ने कांग्रेस, एमाले प्रतिपक्षी



काठमाडौं, चैत्र ५
नेपाली कांग्रेसले आजको संसद् बैठकमा सत्तापक्षको बेन्चमा बस्ने तयारी गरेको छ । प्रतिनिधि सभा बैठक दिउँसो १ बजे बस्दैछ ।

गएको पुस १० गते एमालेसँगको सहकार्यमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बनेपछि कांग्रेस प्रतिपक्षी बनेको थियो ।

एमाले र माओवादी मिलेर सरकार गठन गरेपछि प्रतिपक्षी बेन्चमा बसेको कांग्रेसले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत भने दिएको थियो । यसबीचमा माओवादी र एमालेबीच भएको सहकार्य टुटिसकेको छ । फेरि माओवादीले कांग्रेसलगायतका दलसँग गठबन्धन गरेको छ ।

गठबन्धनकै आडमा कांग्रेसका रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भइसक्नुभएको छ । आजको संसद् बैठकमा सत्ता पक्षमा बस्नुअघि कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैछ ।

बैठकले सत्ता पक्ष भएको औपचारिक निर्णय गर्ने बुझिएको छ । एमालेले सङ्घीय संसद् सचिवालयमा प्रतिपक्षी दलको माग गर्दै पत्र लेखिसकेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News