इमरान खानको दाबी – मलाई अदालतमै हत्या गर्ने योजना छ, भर्चुअल सुनुवाइ होस्



एजेन्सी, चैत्र ७
पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले आफूलाई अदालतमै हत्याको योजना बनाएको भन्दै भर्चुअल सुनुवाईको माग गरेका छन् ।

खानले तोशखाना प्रकरणमा शनिबारको सुनुवाईमै आफ्नो हत्याको योजना बने पनि त्यो सफल नभएको भन्दै फेरि पनि अदालतमा आफ्नो ज्यानको सुरक्षा नभएको दाबी गरेका हुन् ।

खान शनिबार इस्लामावादस्थित उच्च अदालतको ज्युडिसियल कम्प्लेक्समा सुनुवाइका लागि पुगेका थिए । तर लाहोरस्थित घरबाट अदालत हिँडेका खान झण्डै ६ घण्टापछि अदालत पुगेर हस्ताक्षर गरेर मात्र फर्किए ।

खानले पछिल्लो पटक उच्च अदालतका मुख्य न्यायाधीश अमर अता मन्दियाललाई चिठ्ठी लेखेर आफ्नो हत्याको योजना बनेको बताए ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News