अफगानिस्तानमा गएको भूकम्पले पाकिस्तानमा पहिरो, सयौँ घाइते



एजेन्सी, चैत्र ८
अफगानिस्तान केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी छिमेकी देश पाकिस्तानमामा समेत असर परेको छ ।

भूकम्पबाट अफगानिस्तान र पाकिस्तानमा गरी सयौँ जना घाइते भएका छन् भने भौतिक संरचनामा पनि व्यापक क्षति पुगेको पाकिस्तानी समाचार संस्थाहरूले जनाएका छन् ।

उत्तरी पाकिस्तानको खाइबर पख्तुन्वा क्षेत्रमा भूकम्पबाट निकै ठुलो क्षति पुगेको छ । मुख्यतः भूकम्पपछि त्यस क्षेत्रमा पहिरो जाँदा बढी क्षति भएको हुन पुगेका छ ।

मंगलवार राति पौने ११ बजे पाकिस्तान र काजकिस्तानको सीमा क्षेत्र नजिक केन्द्रबिन्दु भएर ६.८ म्याग्निच्युडको भूकम्प गए पछि भौतिक क्षति भएको हो । क्षतिको थप विवरण अझै आइसकेको छैन । यद्धपी, सो भूकम्पमा परी ११ जनाको मृत्यु भएको जनाइएको छ ।

भूकम्पको धक्का भारतको राजधानी नयाँदिल्लीदेखि चीन, काजकिस्तान, उज्बेकिस्तान, किर्गिस्तानलगायतका मुलुकमा महसुस भएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News