मृत अवस्थामा फेला परिन् अभिनेत्री रेखा !


 


rekha-mohani

एजेन्सी ।

मनोरञ्जन जगतकी चर्चित भारतीय अभिनेत्री रेखा मोहन आफ्नो घरमा नै मृत आवस्थामा फेला परेकी छन् ।

मृत आवस्थामा फेला परेको उनको शव प्रहरीले थ्रीसुर अपार्टमेन्टबाट नियन्त्रणमा लिएर पोष्टमार्टमको लागि मेडिकल पठाइएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

दुबईमा बस्ने उनका पति र उनी बीच दुई दिन देखी कुनै कुरा हुन नसकेपछि उनका पतिले आशंकाको भरमा प्रहरीलाई खबर गरका थिए ।

त्यसपछि प्रहरी रेखाको घरमा पुग्दा त्यहाँ केवल रेखाको शव मात्रै फेला परेको थियो । रेखा मलयालम फिल्म इन्डस्ट्रीकी चर्चित अभिनेत्रीका रुपमा चिनिन्छन् ।

उनले टीभी शो ‘माया’ र अन्य पनि धेरै फिल्ममा अभिनय गरेकी छन् । उनको यो खबर सुनेपछि पुरै मलयालम फिल्म इन्डस्ट्रीमा शोक छाएको छ ।

प्रकाशित मिति: २८ कार्तिक २०७३, आइतबार

प्रतिक्रिया दिनुहोस्